महाकुलुङ प्रोपागान्डा: कुनै आधार नै छैन !



२१ जेष्ठ २०७६, काठमाडौं

नेपालैभरि एउटा यस्तो समाचार, जसको कुनै आधार नै छैन । जसले अहिले नेपाल नै पूरै हल्लाईरहेको छ ।

नेपाली सामाजिक संजालहरुको भित्तामा विभिन्न समयमा विभिन्न ह्वीम नफैलाईएका भने हुँदैनन् ।

यस्तै आईतबार मात्रै एउटा ह्वीम फैलाईयो, सोलुखुम्बुमा विप्लवले एक प्रहरी चौकी कब्जा गर्न खोज्यो तर असफल भयो भनेर ।

यसरी फैलाईयो ह्वीमः

भनियोः २० जेष्ठ २०७६ सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकी प्रतिबन्धित पार्टी विप्लवले कब्जा गर्न खोज्यो, तर असफल भयो ।

त्यत्ति मात्रै भनिएन, मध्यराती १५–३० जनाको संख्यामा विप्लवका कार्यकर्ताहरु छेस्कामस्थित प्रहरी चौकीमा पुगे तर, त्यहाँ विप्लवका कार्यकर्ता आउने थाहा पाएपछि त्यहाँका प्रहरी जवानहरु अगाडी नै भागेर ज्यान जोगाए ।

तर, यो सबै झुठो हो भनेर पछिल्लो समयको समाचार तथा अनुसन्धानले देखाएको छ ।

के भन्छ त, सोलुखुम्बुस्थित प्रहरी कार्यालय ?

यो केही पनि सत्य होईन ।

सोलुखुम्बुमा विप्लवका कार्यकर्ता छ्याप्छ्याप्ती छन् भन्ने खबर बाहिरिएपछि काठमाडौं र विराटनगरबाट करिब ५० जना सुरक्षाकर्मीहरु सेनाको हेलिकोप्टरबाट सोलुखुम्बुको महाकुलुङ पठाईए ।

‘खासमा स्थानीयले हतियारधारी समूह गाउँमा प्रवेश गरे भन्ने समाचार प्रहरीकहाँ आएपछि उनीहरु पनि त्रसित बनेका थिए ।’

त्यहीँ कारण उनीहरुसँगैं महाकुलुङका प्रहरी अधिकारीहरु पनि हिंडे, त्यसैलाई भागे भनियो ।

समाचारका कारण सामाजिक संजालमा अनलाइन मिडिया आलोचित:

अहिले यहीँ समाचारका कारण नेपाली सामाजिक संजालमा विशेषगरी अनलाइन मिडियाहरु आलोचनाका पात्र बन्न परिरहेको छ ।

यी आलोचनाका स्वरहरु विस्तारै ‘कारबाही गर्नुपर्छ’ भन्नेतिर पनि पुगिसकेको देखिन्छ ।

‘जुन जुन मिडियाले यस खालको प्रोपागान्डा फैलाए, उनीहरुलाई कारबाही गर्नुपर्छ ।’ एकाथरी भनिरहेका छन् ।

प्रकाण्डको विज्ञप्ती

विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले यो समाचार एकाएक भाईरल बनेपछि यो सत्य नभएको बताएका छन् ।

त्यसपछि उनले यो बारेमा विज्ञप्ती नै जारी गरी यस खालका हल्लातर्फ आफुहरुको ध्यानाकर्षन भएको बताएका छन् ।

“सोलुखुम्बुमा हाम्रो पार्टीद्वारा आक्रमणको प्रयास भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारवाजीप्रति हाम्रो ध्यानाकर्षण भएको छ । सुरक्षा निकायमाथि आक्रमण गर्ने हाम्रो पार्टीको नीति छैन ।” उनले विज्ञप्तीमा खुलाएका छन् ।

के भन्छन्, जिप्रका सोलुखुम्बुका प्रजिअ नरेन्द्रकुमार राणा ?

यो हल्लामा कुनै तुक देखिदैँन । खाली यो हल्ला मात्रै हो ।

“पछिल्लो समयको विप्लवको कार्यबाट त्रसित जनतालाई तर्साउने काम मात्र भयो ।”

‘…तर जिल्लामा विप्लवका गतिविधि भने अवश्य बढेको हो ।’

किन भागे, छेस्कामका प्रहरी ?

आईतबार दिउँसो महाकुलुङमा स्थानीयले हतियारधारी समूह गाउँ प्रवेश गरेका खबर प्रहरीकहाँ सुनाए ।

त्यसपछि त्यहाँ ८ जनाको संख्यामा रहेका प्रहरीहरु मनोवैज्ञानिक विरामी हुन थाले । उनीहरुले सोचे, विप्लवका कार्यकर्ता गाउँमा छिरे ।

देशका विभिन्न ठाउँमा भएको शृखंलाबद्ध बम विष्फोटमा परी धेरै सर्वसाधारणले ज्यान गुमाईरहँदा उनीहरुमा पनि सोही खालका त्रास फैलियो उनीहरु हिंडे यसैलाई ‘भागे’को संज्ञा दिईयो ।

भयो के भने, खाली ह्वीम फैलाउने काम मात्र ।

प्रतिक्रिया दिनुहोस्