वर्षाको पहिरन विवादले जन्मायो संजोगको भाबुक स्टाटस : लेखे, ‘तिम्रो कठिन समयमा अझ माया गर्नेछु’



२१ जेठ २०७६, काठमाडौँ

नायिका वर्षा राउत यतिबेला पहिरनका कारण ट्रोलको शिकार बनिरहेकी छिन् । रिलमा प्रायः साधारण युवती वा महिलाको भूमिका निर्वाहा गर्दै आएकी वर्षा वास्तविक जीवनमा भने बोल्ड पहिरनमा हिँड्न रुचाउँछिन् तरपनि, उनको पहिरनलाई लिएर कहिल्यै आलोचना भएको थिएन् । न त ट्रोलको शिकार नै भएकी थिइन् । यसपटक भने उनी पहिरनका कारण पहिलो पटक नराम्रोसँग ट्रोलको शिकार हुनु परेको छ ।

हाल उनी फिल्म ‘जात्रै जात्रा’को प्रर्दशनको लागि अष्ट्रेलिया पुगेकी छिन् । अष्ट्रेलियामा दर्शकसँग साक्षातकार गर्न पुगेकी वर्षा ड्रेसको कारण ट्रोलको शिकार भएकी छिन् । उनले सेतो कपडामा कालो थोप्ला भएको लामो गाउन लगाएकी थिइन् । उक्त पहिरनमा उनको बक्षस्थलको आधा भन्दा बढी भाग स्पष्ट देखिएको छ । हाल उक्त पहिरनलाई लिएर थुप्रै खालका ट्रोल बनेका छन् । दुईअर्थी शब्द प्रयोग गरेर पनि थुप्रै खालका ट्रोल बनेका छन् । तर, यस विषयमा वर्षाले कुनै प्रतिक्रिया जनाएकी छैनन् । यसले उनको वास्तविक जीवनमा भने नराम्रो असर पुगेको छ । तर, उनलाई साथ र हिम्मत दिन श्रीमान् संजोग कोइराला अगाडि सरेका छन् । अहिले उनी पनि वर्षासँग अष्ट्रेलियामै छन् ।

संजोगले वर्षासँगको दुई रोमान्टिक फोटाहरु सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै भाबुक स्ट्याटस लेखेका छन् .

संजोगले वर्षाको लागि लेखेको स्टाटस

‘म तिमीलाई प्रोत्साहन गर्छु, तिमीलाई सम्मान गर्छु । तिम्रो हरेक युद्धमा साथ र सहयोग गर्नेछु । तिम्रो कठिन र संर्घषको समयमा अझ माया गर्नेछु । म तिमीसँग धेरै समय बिताउने कोशिश गर्छु ।’ तिमीलाई हरेक पल आनन्दित तुल्याउने प्रयास गर्नेछु । तिमी सधैं ठिक र ठिक काम गर्न सक्दिनौ। तिमी सबै कुरामा पर्फेक्ट हुन सक्दिनौ तर वास्तविक हुनु ।’

प्रतिक्रिया दिनुहोस्