डा. राजन भट्टराईको पहलमा बूनपा २ चपलीमा सडक निर्माण हुँदै



२० जेठ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य डा. राजन भट्टराईको पहलमा बूढानीलकण्ठ नगरपालिका वडा नं २ चपली घुम्ती सामुदायिक मार्ग सडक निर्माण जारी रहेको छ ।

बूनपा २ चपली घुम्ती हुँदै भंगाल जोड्ने सडक निर्माणको लागि डा. भट्टराईको पहलमा काठमाडौं उपत्यका सहरी विकास कार्यक्रम मार्फत ५० लाख बजेटमा २५० मिटर लम्बाई र ८ मिटर चौडाईको सडक निर्माण भैरहेको छ ।

७ सदस्यीय स्थानीय उपभोक्ता समिति मार्फत जारी रहेको सडक निर्माण जेठ अन्तिम सम्ममा सकिने निर्माण समितिका अध्यक्ष उद्धव गौतमले जानकारी दिए ।

बूनपा २ का मुख्य सडक निर्माण भैरहँदा बीचको बाटो निर्माण नहुँदा मालबाहक सवारीसाधन आवतजावतमा निकै समस्या परेको स्थानीयले बताए । सडक निर्माण सँगै उक्त सडकबाट भंगाल बस्ती लगायत वडा नं ८ र १३ का हजारौं जनताले फाईदा लिनेछन् ।

बूनपा नं २ का वडाध्यक्ष राजेन्द्र खड्काले भने, “हाम्रो वडाको लाईफलाईनको रुपमा रहेको चपली घुम्ती सामुदायिक मार्ग निर्माणपछि वडावासीलाई निकै सहज हुनेछ । हाम्रो वडाको सडक निर्माणमा समेत डा. भट्टराईले गरेको पहलप्रति वडावासीको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्