
२० जेठ २०७६, काठमाडौं
फेसबुक र इन्स्टाग्रामले कलात्मक नग्नता विरुद्ध सेन्सर लगाएको आरोपमा न्यूयोर्क स्थित फेसबुकको मुख्यालयमा सामाजिक सञ्जाल फेसबुकमा नाङ्गो तस्बिर राख्न पाउनुपर्ने भन्दै प्रदर्शन भएको छ ।

आइतबार प्रदर्शनकारीले सडकमा नग्न भएर आफ्ना निप्पल देखाउँदै प्रदर्शन गरेको सीएनएनले जनाएको छ ।

महिला अधिकारकर्मीले सामाजिक सञ्जालमा आफ्ना अङ्गहरू माथि सेन्सर लगाउने काम न्यायोचित नभएको बताएका छन् ।






