३३ देश घुमेर हनिमुन, बिहेकै पहिरनमा सगरमाथाको आधा शिविर पुग्न सफल !



२० जेठ २०७६, काठमाडौं

नव दाम्पत्यहरु विवाह पश्चात एक देश देखि अर्को देश, एक ठाउँ देखि अर्को ठाउँमा हनिमुन मनाउनलाई जान्छन् भन्ने त हामी सबैलाई अवगत नै छ । तर अमेरिकाको एक जोडीले विश्वकै पहिलो रेकट हनिमुन मनाएर राखेका छन् ।

अमेरिकाको न्युजर्सीमा बस्ने निक अस्ट र उनकी नव विवाहित पत्नी जोको ३३ देश घुमेर उनीहरु हनिमुन मनाएकाछन् । उनीहरु हाइस्कुल लेबल मै प्रेम परेका थिए र भविष्यमा बिहे गरेर भव्य हनिमुन मनाउ भनि त्यत्ति बेला देखि नै रकम जमाउदै आएका थिए ।

उनीहरु बिहे पहिरनमै थाइल्याण्डबाट यात्राको सुरुवात गरेका त्यो जोडी नेपाल आएर सगरमाथाको आधा शिविर सम्म पुग्न सफल भएका थिए । त्यस्तै उनीहरु स्पेनको बार्सिलोना, दुबई, इटाली, फ्रान्स, टर्की, इण्डोनेसिया, जापान, ग्रिस, न्युजिल्याण्ड, अस्ट्रेलिया, अस्ट्रिया, सर्बिया, दक्षिण अफ्रिका, इजरायल, सिंगापुर, इजिप्ट, श्रीलंका, भारत, स्विटजरल्याण्ड लगायतका देशमा पनि पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस्