
१९ जेठ २०७६, काठमाडौं
यस वर्षको कोरियन भाषा परीक्षा (ईपीएस) यहि जेठ २५ र २६ गते हुँदैछ । जसका लागि ईपीएस कार्यालयले ३२ परीक्षा केन्द्र तोकेको छ।
रोजगारीका लागि कोरिया जान चाहने नेपाली कामदारका लागि बर्षेनी कोरियन भाषाको परीक्षा संचालन हुँदै आईरहेको छ । यस वर्षको परीक्षाको लागि ईपीएस कार्यालयले कुन सिम्बोल नम्बरका परीक्षार्थीको सीट कुन केन्द्रमा परेको छ भन्ने विस्तृत विवरण आज सार्वजनिक गरेको छ ।
दुई सिफ्टमा संचालन हुने परीक्षामा पहिलो सिफ्ट जेठ २५ गते बिहान ८ बजेदेखि हुनेछ भने दोस्रो सिफ्ट सोही दिन बिहान ११ः३० देखि हुनेछ । जेठ २६ गतेको पनि सोही समयानुसार नै परीक्षा संचालन हुनेछ ।
यस वर्षको परीक्षामा सहभागी हुन आवदेन दिएकामध्ये सबैभन्दा बढी उत्पादनतर्फ छन् । उत्पादनतर्फ ६३ हजार चार सय ८७ जना छन् भने कृषितर्फ २८ हजार आठ सय ८६ जना छन् ।





