अष्ट्रेलियाको विजय सुरुवातः अफगानिस्तानमाथि ७ विकेट



१९ जेष्ठ २०७६, काठमाडौं

जारी क्रिकेट विश्वकपमा अष्ट्रेलियाले विजय सुरुवात गरेको छ ।

गएराती काउन्गटी मैदानमा भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराउँदै शानदार विजयको सुरुवात गरेको हो ।

२०८ रनको लक्ष्य अष्ट्रेलियाले ३४.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । उसका लागि ओपनर वार्नरले ११४ बलमा ८९ रनको शानदार पारी खेले । अर्का ओपनर तथा कप्तान फिन्चले ४९ बलमा ६६ रनको योगदान गरे ।

त्यस्तै, रामत शाह, गुलबदीन नाइबले राशिद खान, हशमतुल्लाह शाहिदी, मुजिव उर रहमानले क्रमशः ४३,३१, २७, २८, १३ रनको योगदान दिए ।

प्रतिक्रिया दिनुहोस्