
१९ जेठ २०७६, काठमाडौं
नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याएको यति एयरलायन्सको नयाँ प्रबन्ध निर्देशकमा चन्दा शेर्पा नियुक्त भएकी छन् ।
पर्यटन र उड्ययन क्षेत्रमा रहेको शेर्पाको झन्डै ५० अर्बको साम्राज्य कसले चलाउला भन्ने जिज्ञासा धेरैमा थियो । सो जिज्ञासा मेटाउत उक्त पदको जिम्मेवारी स्वर्गीय शेर्पाकी पत्नी चन्दालाई दिने निर्णय गरेको यति एयरलायन्सको श्रोतले जनाएको छ ।
प्रबन्ध निर्देशकको रुपमा रहेका आङछिरिङ शेर्पाको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि प्रबन्ध निर्देशकमा कम्पनीले कसैलाई नियुक्त गरेको थिएन ।
एयरलायन्सको अध्यक्षमा लाक्पा सोनाम शेर्पा छन् उनी आङछिरिङका दाइ हुन् । सोनाम अहिले कार्यकारी अध्यक्ष बनेका छन् भने नोर्बुछिरिङ शेर्पालाई डिएमडीको जिम्मेवारी दिइएको छ । विजयबहादुर श्रेष्ठलाई यति समूहको कार्यकारी निर्देशक, उमेशचन्द्र राईलाई प्रमुख कार्यकारी अधिकृत र अनोज रिमाललाई आर्थिक निर्देशक नियुक्त गरिएको छ ।
चन्दा यसअघि यति एडभेन्चरकी प्रमुख रहेकी उनले यति समुहको विभिन्न पदमा रहेर काम गरिरहेकी थिइन् । पर्यटन क्षेत्रमा सबैभन्दा बढी योगदान पुर्याएको यती र तारा एयरलायन्सको प्रबन्ध निर्देशकका रुपमा चन्दा शेर्पाले जिम्मेवारी लिएकी छन् ।





