
१८ जेठ २०७६, काठमाडौँ
चितवनको भरतपुर महानगरपालिकाभित्र धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको पर्खालमा स्थानीयले डोजर चलाएपछि यतिबेला यो विषयले राष्ट्रिय चर्चा पाएको छ ।
धुर्मुस सुन्तलीले डोजर लगाउने स्थानियहरुले क्षतिपुर्ति दिनुपर्ने माग राख्दै मिडियामा आएपछि स्थानिय झन कडा रुपमा प्रस्तुत भएका छन् ।
नेकपाका स्थानिय नेता प्रकाश कँडेलको नेतृत्वमा गएको टोलीले डोजर चलाएपछि प्रहरीले १९ जनाहरुलाई पक्राउ गरिसकेको छ । आफ्ना अगुवा तथा सहकर्मीहरु पक्राउ परेपछी स्थानिय जनताले झन उग्ररुप लिदै अझै डोजर लाग्न सक्ने संकेत दिएका छन् ।





