
कञ्चनपुरमा एकजना सवारी चालकले सडकको बीचमै महिलामाथि दुर्व्यवहार गर्दै कुटपिट गरेका छन् ।
शुक्रबार दिउँसो सदरमुकाम महेन्द्रनगर चोकमा से १ ज १०९४ नम्बरको गाडी चालक गोकुल बोहोराले सडकमै महिलामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ ।
चालक बोहोराले भाडाको निहुमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्दै धनगढीकी लक्ष्मी धनाडीमाथि कुटपिट गरेको प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक मोहनजंग थापालेजानकारी दिएका छन् ।
धनगढीदेखि महेन्द्रनगरको एक सय ४० रुपैया भाडा दर रहेको तर चालकले दुई सय रुपैया मागेर महिलाले उक्त रकम तिर्न असहमती जनाएपछि गालीगलौज गर्दै चालकले कुटपिट गरेको उनले बताईन् ।
कुटपिट गर्ने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको नियन्त्रणमा लिएको छ भने उक्त महिलाको महाकाली अञ्चल अस्पतालमा चेकजाँच भइरहेको प्रहरीले जनाएको छ ।
चालकले अन्य यात्रुबाट समेत बढि भाडा असुलेको प्रहरी अनुसन्धानले जनाएको छ ।





