युवा ज्योतिष अर्जुन क्षेत्रीको डरलाग्दो भविष्यवाणी : जेठको १७ देखि २९ गते सम्म नेपाललाई धेरै ठुलो खतरा (भिडियो सहित)



१७ जेठ २०७६, काठमाडौँ

पछिल्लो समय नेपालमा युवा ज्योतिषीको नामले चर्चा बटुल्न सफल ज्योतिषी हुन् अर्जुन क्षेत्री । भोजपुर स्थायी घर भएका ज्योतिषी क्षेत्री करिब १२ बर्षको उमेरदेखि ज्योतिषी पेशामा सक्रिय रहेका छन् ।

उनी सधै नयाँ नयाँ भविष्यवाणी गरेर चर्चामा आइरहन्छन । भर्खरै उनले यही जेठको १७ गते देखि २९ गते सम्म नेपाललाई धेरै ठुलो खतरा रहेको र ठुलो भूकम्प जाने ठोकुवा समेत गरेका छन । याहा सम्म कि उनले कती रेक्टरस्केल र कुन ठाउमा केन्द्रबिन्दु भएर जाने सम्म खुलाएका छन । उनका अनुसार दाङ्, नेपालगञ्ज र रुपन्देही मध्य एक ठाउमा केन्द्र बनाएर ६ देखि ७ दशमलव रेक्टरस्केल वा सो भन्दा माथिको झड्का जाने बताएका छन् ।

उनका अनुसार यो भन्दा अगाडी पनि आफुले गरेका भविष्यवाणीहरु मिलेको सावित गरेका छन । आफुलाई गौतम बुद्ध सँग दाज्ने उनको ठोकुवा छ कि माघ र फाल्गुन महिना भित्र नेपालामा विमान दुर्घटना हुन्छ भनेको र ताप्लेजुङमा दुर्घटना भई सो भविष्यवाणी पुगेको सम्म दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्