मैत्रीपूर्ण खेलका लागि नेपाली टोली मलेशिया प्रस्थान



१७ जेष्ठ २०७६, काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि मलेशिया प्रस्थान गरेको छ ।

टोली बिहीबार त्यसतर्फ गएको हो ।

उनीहरुलाई युवा तथा खेलकूद मन्त्रालयका कृष्णाप्रसाद देवकोटा र अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मछिरीङ र्शर्पा लगायतले विदाई गरेका हुन् ।
विराज महर्जनको कप्तानमा १९ जेष्ठमा मलेशियासँग र २३ जेष्ठमा चाईनिज टोली तपेईसँग खेल्नेछ ।

नेपाली टोलीमा–

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, एलन न्यौपाने,

डिफेन्डरः बिराज महर्जन, अन्नत तमाङ, सरोज दहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तमाङ, अजित भण्डारी, रवि सिलवाल

मिडफिल्डरः रोहित चन्द, विक्रम लामा, सन्तोष तमाङ

फरवार्डः अभिषेक रिजाल, अञ्जना विष्ट, बिमल राना, नवयुग श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्