
१७ जेठ २०७६, काठमाडौँ
सानै उमेरमा जलेर अंगभङ्ग भएकी धना परियार केही समय अगाडीबाट एका एक मिडियामा भाइरल भइन् । दैलेख जिल्लामा जन्मिएकी धना यसरी एका एक भाइरल हुनुको रहस्य हो उनको आवाजको जादु । हाल काठमाण्डौमा रहेकी उनको सम्पूर्ण शरिर आगोले जलेर अंग भंग भएपनी उनको आवाज भने निकै राम्रो छ ।
बिष्णु माझिको जस्तै स्वर भनिएकी धना परियार अहिले फेरी मिडियामा देखिएकी छिन् । उनी अहिले आफ्नो पैसा अरुले खाएका कारण न्याय माग्दै मिडियामा आएकी हुन् । उनको सहयोगार्थ आएको रकम रोशन सिङ नामक एक गायकले खाएको उनले आरोप लगाएकी छिन् ।
धना भन्छिन् उनको उपचारको लागि एक बृद्ध बुवाले आफुलाई पचास हजार आफ्नो ब्यागमा हाल्दिएको मा उक्त ब्यक्तिले सो रकममा अरु सहयोग संकलन गरेर रबी लामिछानेको हात बाट हस्तान्तरण गर्ने भनि लगेको र हाल सम्म पनि सो रकम नदिएको उनको गुनासो छ । माघ महिनामा लगेको उक्त रुपैया अझै पनि फिर्ता नदिएको र धम्की समेत आएका कारण वाध्य भएर मिडियामा आएको उनको भनाई छ
https://www.youtube.com/watch?time_continue=1019&v=GONNZ_EqzFQ





