निर्माण कार्य स्थगित भएपछि धुर्मुसले भावुक हुँदै यस्तो लेखे…



१६ जेठ २०७६, काठमाडौं

धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला केही समयको लागि स्थगित भएको छ ।

स्थानीय समूहले पश्चिमतर्फको तारबारहरु डोजर लगाएर भत्काईदिएपछि धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले केही समयको लागि निर्माण कार्य स्थगित भएको जानकारी गराएको छ ।

गत वुधबार दुई सय जना स्थानीय समूहले बाटोको माग गर्दै डोजर लगाएर १ दिन अगाडि लगाएको बारमा क्षति पुर्याएपछि पछि कट्टेल निकै भावुक बनेका थिए ।

भावुक हुँदै उनले भने “जीवनमा यो भन्दा कारुणिक घट्ना मैले देखेको थिएन, स्थानीयकै सहमतीमा बाटो दिने देखी लिएर तारबार पनि लगाएका थियौँ, यो राजनितिक शक्तिको आडमा भत्काईएको हो हामीलाई सहयोग गर्ने विदेशमा रहेका नेपालीको पसिना माथिमा डोजर लगाईयो यो मेरो जीवनको सबै भन्दा दुःखत घटना हो ।”

 

प्रतिक्रिया दिनुहोस्