
१६ जेठ २०७६, काठमाडौं
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतल निवासमाएक हजार एक सय ११ जना नेताहरुलाई संविधानसभा पदक वितरण गरिरहेकी छन् ।
संविधान सभा पदक पाउनेहरु २०६४ र २०७० मा भएका दुवै संविधानसभामा प्रतिनिधित्व गरेका सभासद छन् । पदक पाउनेमध्ये एक नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारीकै नाम रहेको छ ।
राष्ट्रपति भण्डारी पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका एक हजार एक सय ११ जना सभासद्हरुलाई पदकद्वारा सम्मान गरिएको थियो ।
२०७२ सालमा संविधान जारी भएपछि पहिलो र दोश्रो संविधानसभामा सदस्य रहेकाहरुलाई संविधानसभा पद दिने सरकारको निर्णय अनुसार यो पदकसहित नेताहरुलाई सम्मान गरिएको हो ।
सूची सहितः





