१४ वर्षीया किसोरीको सामुहिक बलात्कार पछि जिउँदै जलाएर हत्या



१५ जेठ २०७६, काठमाडौं

भारतको उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा एक किशोरीलाई सामुहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ ।

इन्डियन एक्सप्रेसका अनुसार  १४ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको र त्यसपछि जिउँदै जलाएर हत्या गरेको आरोपमा  सातजना विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

यधपी , अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । पुलिसले पीडितका पिताको उजुरीपछि मुद्दा दर्ता गरेको जानकारी दिएको छ ।

खबर अनुसार मृतक किशोरी एक इट्टा भट्टामा काम गर्थिन् । इट्टा भट्टाका मालिक र अन्य ६ व्यक्तिविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्