राष्ट्रपतिको सवारीमा अवरोध पुर्याउने चार जना प्रहरीको नियन्त्रणमा



१५ जेष्ठ २०७६, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीमा अवरोध पुर्याउने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राष्ट्रपति भण्डारी टुँडिखेलमा आयोजित १२ औं गणतन्त्र दिवसमा सवारी हुँदै गर्दा बाटोमा अवरोध पुर्याउने चार जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिईएको हो ।

बा ६८ प २९३९ का चालक बालाजु बस्ने २७ वर्षीय सुजन श्रेष्ठ, बा ६९प १३६९ का स्वयम्भू बस्ने २१ वर्षीय रोशन बुर्लाकोटी, प्रदेश नं ३, ००६ प ६८३५ नम्बरको स्कुटीका चालक बालाजु बस्ने २५ वर्षीय सुजन केसी र बा६१प ६८६६ नम्बरको मोटरसाइकलका चालक नयाँ बजार बस्ने २७ वर्षीय नारायण थापालाई लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका चालक र सवारीसाधनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्