स्थानीयले भत्काए धुर्मुस सुन्तलीद्धारा निर्माण भैरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला



१५ जेठ २०७६, काठमाडौं

चर्चित हास्यकलाकार तथा समाजसेवी धुर्मुस सुन्तली यतिबेला चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने काममा ब्यस्त छन् ।

तर धुर्मुस सुन्तलीद्धारा निर्माण भैरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला स्थानीयले भत्काएका छन् ।

स्थानियले बुधबार बिहान रंगशालाको बार र संरचना भत्काएका हुन । रामपुर कृषि क्याम्पसका लागि अधिग्रहण गरेको जग्गामा क्रिकेट रंगशाला निर्माण गर्न थालेपछि विवाद भएको थियो ।

केही स्थानीयले रंगशालाको बार र निर्माण गरेको भौतिक संरचना भत्काएको प्रहरीले पुष्टि गरेको छ। बार भत्काउने केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीद्धारा घटनाको थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्