कर्णालीले दियो प्रदेश २लाई जितको लागि ९४ रनको लक्ष्य



१५ जेष्ठ २०७६, काठमाडौं

जारी प्रधानमन्त्री कपमा कर्णालीले प्रदेश नं २ लाई जितको लागि ९४ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको कर्णालीले ३०।४ ओभरमा अलआउट हुदैँ ९३ रनमा समेटियो ।

कर्णालीका लागि प्रकाश जैंशीले ३७ रनको योगदान दिएभने ३० ओभरको तेस्रो बलमा कुमार थापाले क्याच आउट गराउनुअघि ५४ बलमा ४ चौका प्रहार गरे ।

सुरुवातबाट नै खराब प्रर्दशनी गरेको कर्णाली प्रदेशले पहिलो विकेटमा दोस्रो ओभरको पाँचौ बलमा सुशान्त थापालाई ४ रनमा गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्