प्रधानमन्त्री कपः पुलिसले दियो प्रदेश १ लाई जितका लागि १८६ रनको लक्ष्य



१५जेष्ठ २०५६, काठमाडौं

जारी प्रधानमन्त्री कपमा अमित श्रेष्ठको शतकमा नेपाल पुलिस क्लबले प्रदेश १ लाई १ सय ८६ रनको मध्यम लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदान भईरहेको प्रतियोगितामा पुलिसले पहिलो ब्याटिङ गरेर ४३.१ ओभरमा अलआउट हुदैँ १८५ रनमा सेमेटिएको हो ।

पुलिसका लागि अमित श्रेष्ठले १ सय ६ रनको शतकिय योगदान दिए भने सिद्धान्त लोहनीले ४३ ओभरको चौथो बलमा विकेटकिपर राजन मगरबाट क्याच आउट गराउँन अघि उनले ११८ बलमा १५ चौका १ छक्क प्रहार गरे ।

पुलिसका अन्य ओपनर पवन सरार्फ, अनिल कुमार शाह, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, दिलिप नाथ, कुशल भुर्तेलले क्रमसः १० –४–२–४–१–२४ रन आउट भए भने कप्तान मञ्जित श्रेष्ठ र नरेश गिरीले समान ११ रन बटुले ।

प्रतिक्रिया दिनुहोस्