नेमारको कप्तानी खोसियो



१५ जेष्ठ २०७६, काठमाडौं

नेमारले कोपा अमेरिकामा राष्ट्रिय टोलीको कप्तानी नगर्ने भएका छन् ।

क्लबले नेमारको स्थानमा डेनीयल अलाभेसलाई ल्याएपछि नेमारले कप्तानी नगर्ने भएका हुन् ।

नेमारलाई ८ महिना अघि ब्राजिलियन फुटबल फेडेरेसनले राष्ट्रिय टोलीको कप्तानीको जिम्मा दिएको थियो । तर, हाल उनको स्थानमा अलाभेसलाई कप्तानीको जिम्मा दिएको छ ।

डेनीयललाई कतार र होन्डुसरसँगको मैत्रीपूर्ण खेल तथा घरेलु मैदानमा आयोजना हुने कोपा अमेरिकाका लागि कप्तानीको जिम्मा दिइएको हो ।

ब्राजिलियन फुटबल फेडेरेसनले जनाएको छ । डेनीयलले राष्ट्रिय टोलीका लागि १०७ खेल खेलेका छन् ।

उनले चार पटक ब्राजिलको कप्तानी सम्हालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्