प्रधानमन्त्री कपः प्रदेश नं तीनद्वारा गण्डकी पराजित



१४ जेष्ठ २०७६, काठमाडौं

जारी प्रधानमन्त्री कपमा प्रदेशनं ३ ले गण्डकी प्रदेशलाई ७ विकेटल पराजित गरेको छ ।

आज टियु क्रिकेट मैदानमा भएको प्रतियागितामा प्रदेश ३ ले गण्डकी प्रदेशलाई हराएको हो ।

प्रदेश नं ३ का लागि अदिल खनालले ३८ रन बनाउँन सफल भए इशान पाण्डे २६ मै नटआउट भए ।

त्यस्तै, रित गौतम र रबिन जोशी २०–११ रनमा आउट भएका थिए भने बलिङतर्फ किशोर महत्तोले २ विकेट लिए ।

गण्डकीका लागि सुमा घिमिरे, अकाश थापा, राहुल शर्माले क्रमसः ३४–२८–१२ रन बनाएका थिए भने बलिङतर्फ कप्तान पारस खड्का र सुर्य तमाङले समान ४–४ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्