आइफोन गिफ्ट नदिएपछि प्रेमीकाले हानिन् ५२ झापड (भिडियो सहित)



एक प्रेमीले प्रेमीकालाई आइफोन किनिदिने आग्रह नमाने पछि सबैको अगाडी आफ्नै प्रेमीलाई ५२ झापड हानेकी छन् ।

एक चिनिया प्रेमी प्रेमीका बीचमा आइफोन गिफ्ट नदिएपछि सार्वजनिक स्थलमा हिंसा सहनुपर्ने बाध्यता भएको छ । भ्यालेन्टाइन्स डे को दिन प्रेमीले मलाई नयाँ आइफोन गिफ्ट देलान् र सानको साथमा आइफोन चलाउँछु भनेर प्लान सहित बसेकी प्रेमिकाले सोचेभन्दा ठ्याक्कै उल्टो भयो । प्रेमीले उनलाई आइफोन गिफ्ट दिएनन् प्रेमिका रिसले आँखा नदेख्ने भइन र प्रेमीलाई सबैको अगाडी ५२ चड्कन हानिन् ।

प्रत्येक तीन वर्षमा एकपटक मार्च महिनाको २० तारिखमा चीनमा भ्यालेन्टाइन्स डे मनाइन्छ । तर सिचुवान प्रान्तका एक जोडीले प्रेम दिवसलाई भिन्न तरिकाले मनाए । नजिकै जडान गरिएका सिसिटीभी क्यामराका साथै त्यहाँ उपस्थित मानिसले खिचेको भिडियो पछि सोसल मिडियामा सार्वजनिक गरियो ।

उक्त भिडियोमा एक युवतीले आफ्ना प्रेमीलाई उपहारस्वरुप आइफोन नदिएको भन्दै चिच्याएर गाली गर्दै थप्पड हानेको देख्न सकिन्छ । उक्त फुटेजमा सबै झापड नदेखिएपनि पुलिसले ती व्यक्तिले ५२ बढी झापड खाएको पुष्टि गरेका छन् ।

पुलिसले उनीहरुलाई त्यहाँबाट हटाउन खोज्दा ती पुरुषले भने, ‘मैले नै गल्ती गरेको हुँ । उनले चाहेको जस्तो उपहार मैले दिन सकिनँ । उनको रिस शान्त हुन्छ भने म उनले हानेको जति पनि झापड खान तयार छु ।’

प्रेमिकाले त्यसरी झापड हानिराख्दा पनि ती युवक केही नभनी, हलचल नै नगरी बसेको देखेर सबै चकित परेका छन् । वरिपरि थुप्रै मानिसको भीड देखेर पुलिसले हस्तक्षेप गर्दै उक्त जोडीलाई नियन्त्रणमा लिएको थियो । एजेन्सी 

 

प्रतिक्रिया दिनुहोस्