बूनपा १० को गाईफार्ममा आगजनीहुँदा १० लाख बराबरको क्षति



१४ जेठ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं १० स्थित आकाशेधारामा व्यवसायिक गाई फर्ममा आगजनी हुँदा पाच वटा गाई जलेर नष्ट भएका छन् ।

आगजनीबाट गाईलाई खुवाउने पराल, भुष, चोकर र दाना पुर्ण रुपमा नष्ट भएर करिब १० लाख बराबरको क्षति भएको जानकारी कपन प्रहरी प्रभागले परिवर्तन खबरलाई जानकारी दिएको छ ।

सोमबार राति १२ बजे सो गाई फर्ममा विद्युत् सर्ट भई आगजनी हुँदा उक्त फार्ममा पालिएका ७ मध्ये ५ वटा गाई जलेर नष्ट भए भने दुई वटा गाईको उद्धार गर्न सफल भएको बताईएको छ ।

स्थाई वसोबास काभ्रे भएका युवा मिन प्रसाद अधिकारीले केही गर्नुपर्छ भनि हाल बूनपा १० मा गाई फार्म संचालन गरेका थिए ।

विद्युत सर्ट हुँदा फार्म भित्र राखिएको पराल बाट आगो सल्किए पछि महानगरिय प्रहरी प्रभाग कपनका प्रमुख मिन बहादुर कुँवर लगायतको टोली, स्थानीय, र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।

आज बिहान बूनपा उपप्रमुख रमा देवी राई, बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई लगायत जनप्रतिनिधी र स्थानीयहरुले उक्त फार्मको निरीक्षण गरेका छन् ।

उपप्रमुख रमादेवी राई र वडाध्यक्ष नवराज भट्टराईले नगर र वडाबाट सकेको सहयोग गर्न तयार रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्