
१४ जेठ २०७६, काठमाडौं
चपली हाइट फिल्मबाट रजतपटमा डेब्यु गरेर निकै चर्चा समेत कमाएकी नायिका बिनिता बरालले लगनगाठों कसेकी छिन् ।
तिलक पौडेल संग लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी उनले सोमबार अमेरिकामा नै विवाह गरेकी हुन् । सनिबार मेहेन्दी लगाएको फोटो सार्वजनिक गर्दै बिनिताले आफूहरु २७ मे मा विवाह गर्न लागेको जानकारी दिएकी थिइन् ।
फिल्मी क्षेत्रमा त्यति सफल हुन नसकेपछि बिनिता कृषक बनेकी थिइन् । उनी ‘बिनी दि ओर्गानिक फार्मिङ’ की संस्थापकसमेत हुन् ।





