गाउँपालिकाले गाउँ शिक्षा ऐन अनुसार नै शिक्षक सरुवा गरेको होः अध्यक्ष असिम राई



१३ जेष्ठ २०७६, काठमाडौं

स्थानीय सरकार गठन भएको करिब साढे दुई वर्ष बितिसकेको छ ।

स्थानीय सरकार गठन भएपछि सो तहले सबै क्षेत्रको अधिकार पाएको छ ।

कत्ति स्थानीय तह सो अधिकार प्रयोगको सवालमा विवादिद बनिरहेको छ ।

नेपालको ७५३ ओटा स्थानीय तहहरुमध्ये कत्तिले सजिलै आफ्नो काम कारबाही अगाडी बढाईरहेका छन् त कत्ति स्थानीय तहमा जनप्रतिनिधि नै विवादमा तानिएका छन् ।

यस्तै पछिल्लो समय शैक्षिक विवादमा तानिएको छ, थुलुङ दुधकोशी गाउँपालिका !

९ ओटा वडा रहेको सो गाउँपालिका अहिले शिक्षक सरुवाको विषयलाई लिएर विवादिद बनिरहेको छ ।

शिक्षक सरुवाको विषयमा गाउँपालिका उपाध्यक्ष सविता राई, १ नं वडाअध्यक्ष घनराज सुनुवार, ३ नं वडाअध्यक्ष भूपाल ध्वज राई, ४ नं वडाअध्यक्ष नातीकाजी गुरुङ र ६ नं वडाअध्यक्ष फुर्तिमान तामाङले विज्ञप्ती नै जारी गरि असन्तुष्टि जनाएका छन् ।

विज्ञप्ती हेर्नुहोस्–

गत २५ बैशाखमा गरिएको शिक्षक सरुवा विद्यालयको आवश्यक्ता, विषयगत दक्षता, विद्यार्थी तथा शिक्षकको सहुलियतलाई मध्यनजर नगरी शिक्षा ऐन र नियमावली विपरित भएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् ।

गाउँपालिकामा विवाद देखिएको यो पहिलो पटक भने होईन, यसभन्दा पहिले पनि गाउँपालिकाको नामाकरणमा विवाद देखिएको थियो ।

यद्यपी, त्यस विवादपछि भने सबै जनप्रतिनिधिहरुबीच गाउँपालिकाको हरेक मुद्दामा साझेदारी नै हुँदै आएको थियो ।

तर, आगामी वर्षलाई शैक्षिक सुधारको वर्ष भनिरहँदा गाउँपालिका फेरि एकचोटी विवादित बनेको हो ।

सोही विषयमा हामीले यसको भित्रीसम्म पुगेर सोही गाउँपालिकाका अध्यक्ष, अन्य असन्तुष्ट जनप्रतिनिधि तथा गाउँपालिकामा अवस्थित केही विद्यालयहरुको प्रध्यानाध्यपक/शिक्षकहरुको विचारलाई समेटेर यो लेख तयार पारेका छौं ।

गाउँपालिका अध्यक्ष असिम राई

यो एकदमै मनासिव छ ।
स्थानीय तह पनि सरकार नै हो ।

स्थानीय सरकार प्रदेश र संघीय सरकारको डिभिजन हो । संविधानले दिएको अधिकार उपयोग गर्ने सवालमा मात्र यो विवादजस्तो देखिएको हो । वास्तवमा यो विवाद होईन ।

हामीले गरेको काम सतप्रतिशत संवैधानिक छ ।

बरु हाम्रो गाउँपालिकाले मिलेर काम गरिरहेको देखेर कुनै राजनीतिक दलले भाड्ने प्रयास मात्र गरेको हो ।

के भन्छन् त अन्य असन्तुष्ट जनप्रतिनिधिहरु?

गाउँपालिका उपाध्यक्ष सविता राई

शिक्षक सरुवाको यो कार्यले यत्तिबेला शैक्षिक वातावरण खलबलिएको छ ।

शैक्षिक सुधारको नाममा भएको यो कार्यदेखि हामी असन्तुष्ट छौं ।

यो विषयलाई लिएर करिब ७० प्रतिशत शिक्षकहरु पनि असन्तुष्ट छन् ।

मैले बिचमा अध्यक्ष ज्यूलाई फोन पनि गरें तर, त्यत्तिबेला त्यस्तो कुनै प्रतिक्रिया आएन ।

गाउँपालिकाको अरु कामहरु सहारनीय भएपनि यो भने, हामीलाई अपच छ ।

अझै हामी भन्दैछौं, यो विषय सचिनु आवश्यक छ ।

१ नं वडाअध्यक्ष घनराज सुनुवार

गाउँपालिका गठन भएपछि सबै कामहरु साझेदारीमै गर्दै आएका हामी यो बेला भने अलिक विवादमा तानिएका छौं ।

शिक्षक सरुवाको विषयमा हाम्रो विचारमा विभेद देखियो ।

कार्यदलले एकपक्षीय रुपमा निर्णय गर्यो ।

ठिक छ शिक्षक सरुवा गर्नुपर्छ सबैको विचारलाई बुझेर ।

तर, अहिलेको यो विषय पार्टीगत देखियो ।

४ नं वडा अध्यक्ष नातीकाजी गुरुङ

कार्यदलले एकपक्षीय ढंगले गर्यो ।

हामीलाई कुनै खालको सुझाव नमागिएपछि हामीलाई लाग्यो यो नाममात्रैको कार्यदल हो ।

यो निर्णय सच्याईएन भने हामी पनि यो भन्दा अगाडीको नियम कानूनमा जान वाध्य हुनेछौं ।

शैक्षिक सुधारको नाममा शैक्षिक कंलक भएको छ ।

कमसेकम जनप्रतिनिधि र कार्यदलको सदस्य भएको नाताले हामीलाई पनि केही सोध्नुपर्ने हो ।

हामीले गाउँपालिकाको सबै विकास निर्माणको कार्यमा एकरुपताका साथ काम फत्ते गर्दै आएका थियौं, तर यो विषयमा हामी असन्तुष्ट छौं, यो सचिनु आश्यक छ ।

३ नं वडाअध्यक्ष भूपाल ध्वज राई

यो निर्णयमा केही न केही हामीले विभेद देखेका छौं ।

शिक्षक सरुवाको नाममा आफ्नोपनलाई घुसाईएको छ ।

सरुवाको नाममा आफ्नोलाई राम्रो ठाउँमा अनि अरुलाई भने विकट ठाउँमा सरुवा गर्ने काम भएको छ ।

त्यसैले हामी असन्तुष्ट छौं । यसमा हाम्रो आपत्ति छ ।

६ नं वडाअध्यक्ष फुर्तिमान तामाङ

यो काम पुर्वाग्राही ढंगबाट भयो ।

त्यहाँ कुनै वडा शिक्षा समितिको राय सुझाव छैन ।

विद्यालय व्यवस्थापन समितिको कुनै सझाव मागिएको छैन ।

अरु त ठिकै नै छ, त्यहाँ त्यो सम्म भएको छ, श्रीमान श्रीमतीसमेतलाई छुट्याउने काम भएको छ ।

अवकाश हुनलाई दुई महिनामात्रै बाँकी हुने शिक्षकलाई समेत सरुवा गरिएको छ ।

त्यसैले हामी यो निर्णयसँग एकदमै असहमत छौं ।

गाउँपालिकास्थित केही विद्यालय तथा शिक्षकहरुको विचार

जनकल्याण उच्च माविका प्रधानाध्यपक जेबी राई–

यो विषयमा हामीले भन्ने भनेपनि गाउँपालिकाले हेर्ने कुरा हो ।

अब यसमा कत्ति शिक्षकहरुले आफ्नै खुशीले सरुवा पनि भएका छन् ।

यो निर्णयप्रति कत्ति खुशी नै छन् । त, कत्ति दुःखी पनि छन् ।

यसको प्रभाव अहिले नै चाहिँ परेको छैन ।

हिमालय माविका शिक्षक भेष कुमार राई–

विद्यालयमा त्यस्तो कुनै खालको प्रभाव परेको छैन ।

यसपालिको सरुवा प्रोसेसबाट एकजना अंग्रेजी दरबन्दीको शिक्षक थप्न सफल भएका छौं ।

समग्रमा भन्नुपर्दा हाम्रो विद्यालयको स्थिती अनि यहाँको शिक्षकहरुको स्थिती मनासीव छ ।

प्रतिक्रिया दिनुहोस्