
१३ जेठ २०७६, काठमाडौँ
गायिका मेनुका पौडेल नेपाल आइडल सिजन १ मा दर्शकहरुले नै रुचाएकी प्रतिष्पर्धी हुन् । नेपाल आईडलको उपाधी हात पार्न नसकेपनि गीत संगीत प्रतिको मोहले उनले आफ्नो रफ्तारलाइ निरन्तर बढाई राखेकी छिन् ।
अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा सारेगमप समेत आफ्नो उपस्थिती जनाएर चर्चा बटुलेकी मेनुका भन्छिन् ‘मानिसको जीवनमा जहिले पनि जे पनि आईपर्न सक्छ मान्छेको भाग्य कुनै पनि बेला चम्किन सक्छ ।’
एक अन्तरबार्ताका क्रममा मेनुका पौडेलले रमेश प्रशाईको निकै नै प्रशंसा गरेकी छिन् । अहिलेसम्म सामाजिक संजाल लगायत कुनै मिडियामा उनले जे भनिन त्यो कुरा सार्बजनिक नभएको समेत जानकारी गराइन् ।
रमेश प्रसाई स्नातक तहका विद्यार्थी हुन् । उनी धरानको रेडियो गणतन्त्रका कार्यक्रम सञ्चालक पनि हुन् । उनको आवाज श्रोतामाझ लोकप्रिय छ । रमेश प्रसाई कविता समेत लेख्ने गर्दछन् । कविता तथा अन्य माध्यमबाट आफ्ना विचारहरु राख्दा आफूभित्रको कुण्ठा बाहिर आउने उनी बताउँछन् । बोल्नमा माहिर उनले रेडियो कार्यक्रमहरु तथा इन्टरनेट र पुस्तकहरू मार्फत देशविदेशका खबरहरु जानकारी लिने बताउँछन् । उनी आफु बोल्नकै लागि जन्मेको बताउँछन् । समाजमा केहि घटना घट्दा उनी तत्काल आफ्नो विचार राख्ने गर्छन् ।





