प्रदेश नं ५ ले दियो प्रदेश ३ लाई जितको लागि १२३ रनको लक्ष्य



१३ जेठ २०७६, काठमाडौं

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियागिता मुलपानी क्रिकेट मैदानमा जारी रहेको छ । पारस खड्काको कप्तानीमा रहेको प्रदेश नम्बर ५ ले टस जितेर पहिला ब्याटिङ गर्दै प्रदेश नम्बर ३ लाई जितको लागि १२३ रनको लक्ष्य दिएको छ ।

जारी प्रतियागितामा पहिले ब्याटिङ गरेकोे प्रदेश नम्बर ५ ले ४२ ओभरबाट अलआउट हुदैँ १२२ रन बनाउन सफल भएको थियो ।

प्रदेश नम्बर ५ का लागि सुबेन्धु पाण्डे, सुरज दराल, सन्दीप सुनार, सौरभ खनालले २०, १८, १४, १३, रन जोडे ।

त्यस्तै, कप्तान पारस खड्काले १४ रन खर्चेर ४ विकेट लिए भने १२३ रनको लक्ष्य पाएको प्रदेश नम्बर ३ पहिलो जित निकाल्ने योजनामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्