पायल्स के हो? यसको लक्षण तथा बच्ने उपायको बारेमा जान्नुहोस्



१२ जेष्ठ २०७६, काठमाडौं

विभिन्न जीवनशैलीसँगैं खानपानले गर्दा थुप्रैलाई आजभोली धेरै प्रकारको रोग लाग्ने गरेको देखिन्छ ।

जसमध्येको एक रोग हो, पायल्स

झनै नेपाली समाजमा यस्तो पनि छ, जहाँ, आफ्नो इज्जत जाने तथा डरले कुनै पनि रोगको बारेमा खुलेर कुरा गर्न सक्दैनन् ।

अझ, कुनै कुनै व्यक्तिलाई त पायल्स के हो भनेर पनि थाहा हुँदैन ।

यदि तपाई पायल्स रोगबाट पीडित हुनुहुन्छ भने, हामीले तपाईहरुकै लागि भनेर यो रिपोर्ट तयारी गरेका छौं ।

काठमाडौं बौद्धस्थित स्तुपा कम्यनिटी हस्पिटलका पायल्स रोग विशेषज्ञ डा. आषिश राजभण्डारीसँग गरिएको यो कुराकानी

–पायल्सलाई कसरी बुझ्ने?

पायल्स भनेको त्यस्तो रोग हो, जुन मलद्धारसँग सम्बन्धित छ । जसमा गुद्वारको बाहिरी र मानिसहरुको भित्री भागमा मुसाजस्तो मासु पलाउने गर्दछ ।

–पायल्स कुन उमेर समूहको मानिसलाई बढि लाग्छ?

पायल्स प्राय टिनएजमा हन्छ । .

–अनि यसको लक्षण के हुन्छ?

–दिसामा रगत आउने,
–मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने चिलाउने,
–पायल्स रोगीमध्ये कसैको पीप बग्छ, भने कसैको अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो पनि हुने,
–पायल्स हुदा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन,

–पायल्स हुनुको कारणहरु

–कब्जियत

पायल्स रोगको मुल कारण भनेको कब्जियत नै हो ।

जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ । त्यहिँ बलको कारणले मलद्वार भित्रका रक्तशिरालाई तन्काईदिन्छ । यो क्रमस फैलन थाल्छ र गिर्खा बन्न थाल्छ ।

त्यसैले यसबाट बच्नका लागि कब्जियतको समस्या आउनु दिनु हुँदैन ।

–जीवनशैली

पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो ।

पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा खानाले पायल्स हुन्छ ।

– वंशानुगत

परिवारमा कसैलाई समस्या छ भने आउने पिँढीलाई पनि यो हुने सम्भावना हुन्छ ।

–बसेर गर्नुपर्ने काम

धेरै बेरसम्म बसिरहनुपर्ने कामले पनि पायल्सको समस्या हुनसक्छ ।

–गर्भावस्था

गर्भावस्थाको क्रममा पाचन समस्या हुने गर्दछ । यसले गर्दा थुप्रै महिलालाई पायल्सको समस्या हुने गर्दछ ।

पायल्स रोगीले कस्तो खालको खानेकुरा उपभोग गर्ने? 

–पानी प्रशस्त मात्रामा पिउने,
–हरियो सागपातहरु काँचै खाने,
–फलफुल खाने,
–रोटी,,जौ,ब्राउन राइस खाने,
–मुगको दाल खाने,
–खानासंग मुला, काँक्रो,गाँजर, नरिबल, अनार,स्याउ खाने,
–मुगको दाल खान,

कस्तो खालको नगर्ने?

पिरो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, कालो दाल, अदुवा, अमिलो, चना, भन्टा, आलु, बोतलबन्द कुराहरु, पुरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सी जस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिए । यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।

पायल्स रोगीले के के कुरामा ध्यान दिने?

पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम राम्रो विधि हो ।

हप्तामा दुई तीनदिन शुरुमा रोग बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ ।

डाक्टरको सल्लाहअनुसार केही राम्रो भएपछि बिस्तारै काँचै खानेकुरा खाएर बस्ने, पेटलाई हलुंगो बनाएर औषधि गर्दै जाने ।

यस्तै, पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा बिस्तारै सुक्दै जान्छ ।

पायल्सको घरेलु उपचार

एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा रगत तथा पिप आउने जस्ता समस्या ठीक हुन्छ ।

कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ ।

नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा सन्चो भएको पाइएको छ ।

मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउने गर्दा पनि कसैलाई राहत मिल्दछ ।

आफ्नो पिसाबले गद्द्वार धुने ।

नियमित रुपमा योग र शारीरिक व्यायाम गर्दा पनि सन्चो हुन्छ ।

यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ ।

औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ ।

शल्यक्रिया पनि अन्तिम उपचार भने होइन ।

कहिलकोही शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ ।

पायल्स रोग लाग्नुको पाँच कारणहरु

उपचारका तरिका

नीमको कोमल पातलाई घ्यूमा भुटेर त्यसमा थोरै कपुर हाल्नुहोस् र पायल्सको मासुमा लगाउनुहोस् ।

कालोमरिच र कालो जिराको पाउडर आधा चम्चा दैनिक महसँगै खाँदा पायल्सबाट राहत पाइन्छ ।

लौकाको पातलाई पिसेर पायल्सको मासुमा नियमित लगाउँदा केही दिनमा फाइदा हुनथाल्छ ।

तुलसीको पातलाई पानीसँग पिसेर लगाउँदा जलनबाट राहत महसुस हुन्छ । पलाएको मासु पनि बिस्तारै ठिक हुन्छ ।

अमलाको पाउडरलाई पानीमा घोलेर रातभरी माटोको भाँडोमा राख्नुहोस् । बिहान मिश्री मिसाएर पिउनुहोस् ।

काँचो प्याजलाई मसिनो आँचमा भुट्नुहोस् । यसको पेस्ट बनाएर मासु पलाएको ठाउँमा लगाउँदा केही दिनभित्र फाइदा हुन्छ ।

चियाको पत्ती पिसेर पेस्ट बनाउनुहोस् र त्यसलाई तातो बनाएर मासु पलाएको ठाउँमा लगाउनुहोस् । केही दिनमा मासु सुक्नेछ ।

एक मुट्ठी कालो तिललाई एक कचौरा दहिसँग दैनिक खाँदा रगत आउने पायल्सको समस्यामा फाइदा पुर्याउँछ ।

मेहेन्दीको पातलाई पानीमा पिसेर लगाउँदा केही दिनमा पलाएको मासु सुक्ने गर्दछ ।

यस्ता छन् पायल्स हुने कारण

–अस्वस्थ खानपान
–तनाव
–वंशाणुगत गुण
–अत्याधिक धुम्रपान तथा मध्यपानको सेवन
–अनिन्द्रा
–पानी कम खाने
–शारीरिक व्यायाम कम गर्ने

पायल्सका चरणहरु

–पहिलो चरणःदिशा गर्दा अप्ठ्यारो हुने,पेट फुले जस्तो हुने, दिशा धुँदा हल्का मासुको डल्लो हातले भेट्ने ।

–दोस्रो चरणःदिशा गर्दा मासु हल्का बाहिर आउने तर पछि आफै जाने । कसैकसैमा दिशामा रगत आउँन पनि सक्छ ।

–तेस्रो चरणःमलद्धारको वरीपरी तीन ठाउँबाट मासुको डल्ला देखिन्छ । दिशा गरेर उठेपछि त्यो मासुका डल्लालाई ठेलेर भित्र पठाउनु पर्छ ।

–चौथो चरणः मासु बाहिर आएपछि घचाटेर पनि भित्र लान गाह्रो पर्छ ।

प्रतिक्रिया दिनुहोस्