राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता मुलपानी मैदानमा हुदैँ



१२ जेठ २०७६, काठमाडौं

प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आजबाट खेलाईने भएको  भएको छ । निर्माण कार्य जारी रहेपनि राष्ट्रिय खेलकुद परिषद् राखेपले मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानमा  प्रतिष्पर्धा गराउन लागेको हो ।

आयोजक राखेपले मैदानको पिच पुर्ण रुपमा नबन्दा म्याट ओछ्याएर खेल खेलाउन लागेको आयोजकले बताएको छ । पहिलो खेलमा नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुनेछ ।

गत शुक्रबारबाट सुरु भएको प्रतियोगिताको दुई खेल कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा भएको थियो । अब दुवै स्थानमा हरेक दिन एक–एक खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्