विश्वकै सर्बोच्च शिखर सगरमाथामा अमेरिकन नागरिकको हस्तमैथुन



१२ जेठ २०७६, काठमाडौं

नेपालीहरुको गौरब बोकेको विश्वकै अग्लो चुचुरो सगरमाथाको पवित्र स्थानमा बसेर एकजना अमेरिकन नागरिकले हस्तमैथुन गरेर नेपाल र नेपालीहरूको सिङो स्वाभिमानमाथी ठाडो अपमान गरेका छन् ।

अमेरिकाको भर्जिन आइल्यान्डका एक ३६ वर्षीय युवकले अत्यन्त पवित्र र आस्थाको केन्द्र मानिने सगरमाथा शिखरमा हस्तमैथुन गरेर रेकर्ड कायमको दुस्साहस गरेका हुन् ।

ह्युज ए रेक्सहनले विश्वको सर्वोच्च शिखर सगरमाथामा हस्तमैथुन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन ।

‘आज सगरमाथासँगका सबै कीर्तिमानहरू तोडिँदै गर्दा हामीले पहिलोपटक पृथ्वीको सबैभन्दा उच्च शिखरमा हस्तमैथुन गरेको देखेको छौँ’, करिम शाह निजारीले ट्वीटमा तस्वीर राखेर भनेका छन्, ‘भर्जिन आइल्यान्डका ३६ वर्षीय ह्युज ए रेक्सहनले स्थानीय समयअनुसार ११ः११ बजे बिहान १ सय २० दर्शकहरूको उपस्थितिमा यो उपलब्धि हासिल गरेका हुन् ।’

करिम शाह निजारीले हस्तमैथुन गर्दै गरेको तस्वीर ट्वीटरमा पोस्ट गर्दै ट्वीट गरेका छन् । रेक्सहन बिहीबार सर्वोच्च शिखर सगरमाथा पुगेका हुन् ।

अमेरिकन नागरिकले विश्वकै सर्वोच्च शिखर सथरमाथाको चुचुरोमा पुगेर गरेको यो दुश्सासको चौतर्फी विरोध भएको छ ।

सगरमाथाको चुचुरोमा पुगेर हस्तमैथुन गर्ने अनुमति कसले र किन दियो भनेर सरकारको आलोचना भएको छ ।

सामाजिक सञ्जालमा सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्ने अमेरिकन नागरिक उनीसँगै रहेका साथीहरूलाई कारबाहीको माग गरिएको छ ।

नेपालको आस्थाको केन्द्र सगरमाथाको चुचुरोमा भगवान गौतम बुद्धको मूर्ति पनि राखिएको छ । यति पवित्र स्थानमा यस्तो उट्पट्याङ गर्नेहरूलाई छुट दिने कि कडा भन्दा कडा कार्बाही गर्ने ?

अमेरिकन नागरिकले सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्दै गरेको तस्वीर खिचाएका छन् । उनको यो कार्यले पौने तीन करोड नेपालीहरूको चित्त दुखाएको छ ।

प्रतिक्रिया दिनुहोस्