डा. राजन भट्टराईद्वारा निर्माणाधिन कपन क्याम्पसको स्थलगत अनुगमन : बहुबर्षीय योजनाको लागि पहल गर्न तयार (भिडियो सहित)



११ जेठ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रभावशाली विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले निर्माणाधिन कपन बहुमुखी क्याम्पसको स्थलगत अनुगमन गरेका छन् ।

निर्माणाधिन क्याम्पस भवनको डा. राजन भट्टराईले निरीक्षण गर्दै गरेको भिडियो :

अनुगमनको क्रममा डा. भट्टराईले क्याम्पसको भवन निर्माण कार्य सन्तोषजनक रुपमा अगाडि बढेकोमा खुशी ब्यक्त गरेका छन् । स्थलगत अनुगमनपछि क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीहरुले आयोजना गरेको छलफलमा अघिल्लो बर्ष बजेट विनियोजन गराउन भूमिका निर्वाह गरेकोमा धन्यवाद दिदैं आगामी वर्षदेखि बहुबर्षीय योजना मार्फत थप १८ करोड बजेट विनियोजन गराईदिन अनुरोध गरेका छन् ।

छलफलका क्रममा डा. भट्टराईसँग व्यवस्थापन समितिका पदाधिकारीहरुको अनुरोध :

कपन क्याम्पसको लागि अघिल्लो बर्षमा झैं बजेटको पहल गरिदिनुपर्याे : मिठाराम अधिकारी
बजेठ अभावले क्याम्पस निर्माण गर्ने विषय अन्यौलग्रस्त थियो । क्याम्पस व्यवस्थापन समितिका सदस्यहरुको होसहवास उड्ने अवस्था थियो । कमरेडको पहलमा पाँच करोड बजेट विनियोजित भएपछि काम गर्ने वातावरण बन्यो र अहिने क्याम्पस भवन निर्माण कार्यमा निकै प्रगति भएको छ । गत साल जस्तै यो वर्षको बजेटमा पनि थप पहल गरिदिनु भयो भने बाँकी निर्माण पुरा हुने थियो त्यसतर्फ पहल गर्ने हो की ?

थप १८ करोडको लागि पहल गरिदिनुपर्याे : डम्बर अधिकारी
तेईस करोडको परियोजनामा पाँच करोड पारिदिनुभो त्यसको लागि धेरैधेरै धन्यवाद । एकै वर्षमा भन्दैनौं बहुबर्षीय परियोजना बनाएर भएपनि थप अठार करोड बजेट व्यवस्थापन गरिदिनुपर्याे हामी पारदर्शी ढंगले गुणस्तरीय काम गर्न प्रतिबद्ध छौं । हाम्रो संघको माननीय पनि छैन त्यो जिम्मेवारी पनि तपाईले लिनुपर्याे ।

राजन दाईकै पहलमा बजेट पर्याे थप पारेर जस लिनुपर्याे : शिवप्रसाद बजगाईं
दाईकै पहलमा पाँच करोड बजेट विनियोजन भएर काम भएको छ । हामीले गुणस्तरीय काम गरेका छौं । आगामी वर्षको लागि सकिन्छ १०–१२ करोड, सकिदैन भनेपनि अघिल्लो वर्षको नघटी क्रमागत रुपमा बजेट विनियोजन गराईदिनुपर्याे । प्रदेश सरकारलाई भनिदिनु पर्याे । थप बजेट पारेर दाईले जस पनि लिनुपर्याे ।

कलेज सार्न पार्टेशनको लागि थप ४०–५० लाख बजेट आवश्यक : कुमार ओझा
अब हामी कलेज सार्छौैं । पार्टेशन गर्ने कामको लागि थप ४०–५० लाख भए सहज हुने थियो । राजन कमरेडकै पहलमा पाँच करोड परेर हामीलाई काम गर्न सहज भयो । बहुबर्षीय योजना पारेर भएपनि क्याम्पसको लागि थप बजेट पहल गरिदिनुपर्याे ।

प्रतिक्रिया दिनुहोस्