जेठ महिनामा नै लगाए साम्राज्ञी र अंकितले रातो टिका र जमरा



११ जेठ २०७६, काठमाडौं

अशोक शर्मा निर्देशित फिल्म ‘रातो टिका निधारमा’ को शुक्रवारबाट औपचारिक रुपमा छायांकन सुरु भएको छ । शिर्ष गीतबाट फिल्मको छायांकन आरम्भ भएको हो । आउँदो दशैंमा प्रदर्शनमा आउने तयारी रहेको फिल्म अहिले झापाको अर्जुनधारा जलेश्वर धाममा भब्य सेट खडा गरेर फिल्मको गीतको छायांकन भइरहेको निर्देशक अशोक शर्माले जानकारी दिएका छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव-अभिनेता अंकित शर्मा गितमा फिच र्ड छन ।

निर्देशक शर्मा निर्देशित दशक अगाडिको सुपरहिट फिल्म ‘अल्लारे’ मा समावेश ‘रातो टिका निधारमा’ बोलका गीतमा भने अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले ठुम्का लगाएका थिए । यो गीतलाई रिमेक गरेर फिल्म ‘रातो टिका निधारमा’ मा समावेश गरिएको छ । आकर्षक सेटमा फिल्मको गीतको छायांकन भइरहेको निर्देशक शर्माले बताए साथै गीतमा ठूलो लगानी गरिएको पनि उल्लेख गरे ।

निर्देशक तथा निर्माता शर्माले गीतको छायांकनका लागि तयार गरिएको सेट र कलाकारहरुको लुक्स पनि सार्वजनिक गरेका छन् । प्राप्त तश्बिरमा अंकित र साम्राज्ञीलाई नेपाली पहिरनमा देख्न सकिन्छ भने, निधारमा रातो टिका र कपालमा जमरा लगाएका छन् । नवनायक अंकितले यही फिल्मबाट डेब्यू गर्न लागेका हुन् भने उनि निर्देशक शर्माका छोरा पनि हुन । यसमा अभिनेत्री साम्राज्ञीले गाउँले भूमिका निभाउँदैछिन् ।

छायांकन भइरहेको फिल्मको शिर्ष गीतमा नीता ढुंगाना, खुश्बु खड्का, बुद्धि तामाङ, रविन्द्र झा, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरु पनि ठुम्का लगाउँदै देखिनेछन् ।

फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ । बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहने फिल्मका गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्