टोखा नगरपालिकाको दुई वर्षे नगर वुलेटीन रक्षामन्त्री पोखरेलद्वारा विमोचन (फोटो फिचर)



१० जेठ २०७६, काठमाडौं

उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जनप्रतिनिधि वहाल पछि टोखा नगरपालिका भित्रका दुई बर्षे सार्वजनिक सेवा प्रवाह सम्वन्धी नगर वुलेटिन विमोचन गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि उप–प्रधान तथा रक्षामन्त्री पोखरेलले सार्वजनिक नगर वुलेटिनमा नगरवासीको काम कारवाही समावेश भए नभएका अनुगमन गर्न आग्रह गरेका थिए ।

नगर नै तपाईहरुको सरकार हो त्यसलाई सचेत गराउने नगरवासीको दायित्व हो भन्दै उप–प्रधान तथा रक्षामन्त्री पोखरेल भन्छन्, विभिन्न किसिमका योजनाहरुमध्ये कुन काम कुन सरकारले गर्ने भन्ने विषयमा सबैले जान्न आवश्यक छ ।

कार्यक्रममा विशिष्ट अतिथि सांसद तथा पूर्व रक्षामन्त्री भिमसेनदास प्रधान, अतिथिहरु सांसद दिपक निरौंला, योगेन्द्र संग्रौला, नरायण सिलवाल, जीवन डंगोल र प्रशासकिय अधिकृत प्रदिप पौडेल, संपूर्ण वडाका वडाध्यक्षहरु, वडा सदस्यहरु तथा अन्य समाजसेवी लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

टोखा नगरप्रमुख प्रकाश अधिकारीले जनताका माग र समस्या समाधान गर्न प्रस्ताव गरेका योजना सँगै दीर्घकालिन सोच राख्ने दिगो विकास कार्यान्वयनमा नगर प्रदिवद्ध भएको दावी गरे ।

कार्यक्रममा एक वडा एक पार्क निर्माणको लागि डिपिआर तयार भईसकेको र निर्माण कार्यको लागि जोड दिने, एकिकृत शहरी विकास योजना कार्यान्वयन गर्ने, घर नक्सालाई डिजिटलाईजेशन प्रकृयामा आवद्ध गर्ने, नगर स्तरीय खेलमैदान निमार्ण गर्ने, तीन वटै सरकारको पहलमा नगर अस्पताल व्यवस्थित रुपमा संचालन गर्ने लगायतका कार्य गर्ने नगर प्रमुख अधिकारीले प्रतिवद्धता जनाएका छन् ।

नगर प्रमुख अधिकारीले सार्वजनिक सम्पति रक्षा गर्न आवश्यक रहेको भन्दै नगरलाई देश तथा विदेशमा चिनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नगर उपप्रमुख ज्ञानमाया डंगोलले निर्वाचनमा जनतासामु गरेका प्रतिवद्धता पुरा गर्न वार्षिक तथा दीर्घकालिन योजना तयार गरी नगर वुलेटिन प्रकाशन गरिएको जानकारी गराईन् ।

प्रतिक्रिया दिनुहोस्