मिलनको प्रेममा बर्षा



१० जेठ २०७६, काठमाडौं

नेपाली फिल्म ‘नाइ नभन्नु ल–२’ मार्फत रजतपटमा डेब्यू गरेकी नायिका वर्षा सिवाकोटीले अन्य फिल्मबाट खसै प्रशंशा पाइनन । तर, पछिल्लो फिल्म ‘बीर विक्रम २’ बाट भने उनले राम्रै प्रशंशा बटुलिन । फिल्म हेर्नेले उनको अभिनयको खुलेरै तारिफ गरे ।

उनले आफुले पाएका तारिफ र प्रशंशाको श्रेय फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सलाई दिएकी छिन । उनले फेसबूक पोस्टमार्फत मिलनलाई धन्यवाद दिदै आफुलाई चिनाउन मदत गरेको लेखेकी छिन् । ‘मलाइ म बन्न सिकाउनु भयो , मैले धेरै कुरा सिक्न पाए’ उनि लेख्छिन् ‘आउँदा दिनमा पनि सँगै काम गर्ने अवसर मिलोस ।’ उनले मिलनको काम गर्ने शैली र प्राविधिकलाई गर्ने ब्यबहारको साथै मेकिङको चर्चा गर्दै प्रसंसा गरेकी छिन् । उनले चाम्ससँगको भेट्नै आफ्नो जिवनको टर्निङ प्वाइन्टको बनेको अनुभव गरेकी छिन् ।

प्रेमले ओतप्रोत भएको लेखाइलेले मिलन प्रति उनको प्रेमभाव प्रस्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्