बरुण धवनले प्रेमिका नताशासँग बिवाह गर्दै : तय गरे बिवाह मिती



१० जेष्ठ २०७६, काठमाडौं

बलिउड फिल्म नगरिका निकै रुचाइएका तथा ब्यस्त नायक बरुण धवनले आफ्नो बिबाहको मिती तय गरेका छन । यो सँगै उनको बिवाहको कुराले मिडियामा निकै चर्चा पाइरहेको छ ।

बिभिन्न भारतीय मिडीयाहरुका अनुसार बरुणले यही वर्ष प्रेमिका नताशा दलालसँग बिबाह गर्ने भएका छन् । बरुण र नताशाको परिवारले डिसेम्बरलाई बिबाह मिति पक्का गरेका छन् । उनीहरुले यस विषयमा औपचारिक जानकारी भने दिएका छैनन् । हाल बरुण धवन फिल्म ‘स्ट्रिट डान्सर ३’को छायांकनमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्