जेठ महिनामै ‘प्रेम दिवस’ मनाउदै प्रियंका र आयुष्मान



१० जेठ २०७६, काठमाडौं

नेपाली सिनेनगरिमा निकै लोकप्रिय नाम हो अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी । उनिहरु रियल कपल पनि हुन । यो निकै रुचाइएको जोडी अभिनित फिल्म ‘प्रेम दिवस’ ३१ जेठबाट प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले पनि फिल्मको प्रचारप्रसार बढाएको छ ।

प्रचारप्रसारका क्रममा फिल्म युनिटले केही दिन अघी मात्र फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । प्रेम, विछोड र रोदनले भरिएको ट्रेलरमा अभिनेत्री प्रियंकाको दोहोरो प्रेम देखाइएको छ । उनलाई आयुष्मान र विशाल खरेलको प्रेममा देख्न सकिन्छ ।

फिल्ममा प्रियंका, आयुष्मान र विशालका साथै हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेल लगायतका कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्