आईसीसी विश्वकप क्रिकेट अन्तर्गत अभ्यास खेल आजबाट



१० जेष्ठ २०७६, काठमाडौं

आईसीसी विश्वकप किक्रेटअन्तर्गत आजबाट अभ्यास खेलहरु सुरु हुने भएका छन् ।

आगामी ३० तारिखबाट सुरु हुने खेलका लागि खेलअगावै टोलीहरुले अभ्यास खेल खेल्न लागेको हुन् ।

खेल आज नेपाली समयअनुसार दिउँसो ३ बजे एकैसाथ दुई खेलहरु हुँदै छन् ।

व्रिस्टेलमा पाकिस्तान र अफगानिस्तान आमने सामने हुने छन् ।

यसैगरी कार्डिफमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुने छ ।

विश्वकपकोे उद्घाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका ३० तारिखमा भिड्ने छन् ।

आईसीसीले यस पटक देखि विश्वकपका अभ्यास खेलको पनि प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ ।

कपमा कूल १० टोलीको सहभागिता रहने छ ।

 

प्रतिक्रिया दिनुहोस्