
१० जेठ २०७६, काठमाडौं
प्रतिनिधि सभा सदस्य तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले काठमाडौँ क्षेत्र नं. ८ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत महानगरपालिकाको वडा नं.२३ स्थित दफ्टर टोलमा दफ्टर क्लब भवन निर्माण कार्यको शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रममा श्रेष्ठले क्लब भबन सबैको साझा स्थल भएको हुँदा टोललाई राम्रो बनाउन सामूहिक छलफल गर्ने र युवा, बालबालिका, महिला र जेष्ठ नागरिकको हितमा निरन्तर काम गर्न क्लब भबनले सहयोगी भुमिका खेल्ने बताए । क्लबको सक्रियताले टोलवासीहरु विचमा आत्मियता बढाउनुका साथै समुदायको संस्कृति र सम्पदा संरक्षण र सम्वर्द्धन गर्ने कार्यमा समेट टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कामपा वडा नं.२३ वडाध्यक्ष मचा राजा महर्जन, वडासदस्य चद्रा देवी मानन्धर, दफ्टर सामुदायिक क्लब भवन उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र शाही, सचिव सुभाष शाही, दफ्टर क्लबका अध्यक्ष राकेश शाही तथा उपभोक्ता समिति र क्लबका पदाधिकारीहरु, जेष्ठ नागरिक तीर्थ देवी शाही र नेकपाका जिल्ला कमिटीका र स्थानीय नेताहरु लगायत स्थानीय जनसमुदायको उपस्थिति थियो ।






