प्रियंकाले चोरिन नम्रताको डिजाइन



०९ जेठ २०७६, काठमाडौं

विभिन्न देशका सेलिब्रेटीहरुको जमघट हुने अन्तराष्ट्रिय फिल्म फेष्टिभल (कान्समा) यसपटक नेपालको प्रतिनिधित्व गर्दै नायिका प्रियंका कार्की पनि फ्रान्स पुगेकी छिन् । नेपालबाट कान्समा सहभागी जनाउने उनी पहिलो नायिका हुन् ।

विश्वमञ्चमा सेलिब्रेटिका लागी सर्वाधिक चासोको रुपमा हेरिएको फिल्म फेष्टिभल हो, ‘कान्स फिल्म फेष्टिभल’। फेष्टिभलमा सेलिब्रेटीले गर्ने गतिविधि चासोको रुपमा हेरिन्छ । उनीहरुले कस्तो ड्रेस लगाउँछन् ? कसको जोडी को बनेर पुग्छन ? यस्ता जिज्ञासाले गसिपको रुप लिने गर्छ ।

प्रियंकाले कान्स फिल्म फेष्टिभलमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा खुशी रहेको र आफ्नो उपस्थितिलाई सार्थक बनाउने प्रयास रहने बताएकी थिइन् । कान्समा सहभागी भएको फोटोहरु प्रियंकाले सामाजिक सञ्जालमा पोष्ट गरिरहेकी छिन् । फेष्टिभलमा उनी विभिन्न सिक्वेन्समा विभिन्न ड्रेसमा प्रस्तुत भइन् ।

तर, प्रियंकाले ड्रेस छान्दा उतिसाह्रो ध्यान नदिएको देखियो । उनले फेष्टिभलमा लगाएको एक ड्रेस र नायिका नम्रता श्रेष्ठले फिल्म ‘प्रसाद’को प्रिमियर शोमा लगाएको ड्रेस एकै खालको रहेको छ । विश्व मञ्चमा सहभागिता हुँदा प्रियंकाले लगाएको ड्रेस छान्दा डिजाइनरले ध्यान नदिएको हुन् कि प्रियंकाले नै नम्रताले लगाइसकेको डिजाइन लगाउन चाहेकी हुन त ?

प्रतिक्रिया दिनुहोस्