राष्ट्रपति भण्डारीद्वारा छहारी भवन उद्घाटन हुँदै



०९ जेठ २०७६, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मानव अधिकारको लागि महिला, एकल महिला समूह (डब्लुएचआर)को २५ औं रजत जयन्तीको अवसरमा छहारी भवनको उद्घाटन हुने भएको छ ।

केन्द्रिय अध्यक्ष कुन्दा शर्माले भवन निर्माणमा साथ सहयोग गर्ने सवै संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन गरेकी थिईन् । छहारी संस्था यहा मात्र नभएर अहिले देशका १४ वटा जिल्लामा आफ्नै कार्यालय भएको र ७७ वटै जिल्लाका एक लाख भन्दा वढि एकल महिला आवद्ध भएको बताएकी छिन् ।

छहारी संस्थाकी संस्थापक अध्यक्ष लिलि थापाले एकल महिलाको लागि आफूले लामो समय सम्म गरेको काम र भोगेको अनुभव सुनाउँदै निकै भावुक भएकी थिईन् । संस्थापक अध्यक्ष थापाले भवन बनाउन आफूले आफ्नो सम्पति बेचेर सो जग्गा संस्थाको नाममा किनेको दावी गरिन् ।

भवन बनाउन कुल लागत पाँच करोड मध्ये भारतीय सरकारको ४ करोड ३५ लाख र ५३ लाख छहारी संस्थाकै लागतमा २८ कोठे भवन बनेको जानकारी सूचना अधिकृत उमा थापाले परिवर्तन खबरलाई जानकारी गराईन् ।

कार्यकारी निर्देशक सुमिरा श्रेष्ठले जेठ १२ गते हुने कार्यक्रममा एकल महिला समूहद्वारा उत्पादित सामग्रीको प्रदर्शन हुने बताएकी छिन् ।

कार्यक्रममा एकल महिलाको फोटो प्रदर्शनी, स्वास्थ्य शिविर लगायत सेवाहरु समेत समावेश गरिएको प्रेस विज्ञप्तीमा जनाईएको छ ।

प्रेस विज्ञप्ती:

प्रतिक्रिया दिनुहोस्