
०८ जेठ २०७६ काठमाडौं
संसारमा विभिन्न किसिमका चकित पार्ने र रमाईलो गतिविधिहरु भईरहन्छन् । यि यस्ता घट्नाहरु खासै बिस्वास नलाग्ने भएर सबैले विस्वास गर्दैन् तर घट्ना सत्य हो । सबै पुरुषहरुले आफ्नो श्रीमती वा गलफ्रेन्ड चिटिक्क जिउडाल सिलिम भएका राम्री खोज्छन् । पुरुषहरु श्रीमती वा गलफ्रेन्ड मोटाघाटा भएमा त्यति उपयोगि मान्दैन् ।
तर अफ्रिकाको उत्तर पश्चिमी मुलुक मार्टेनियामा यस्ता परिभाषा छन् । विवाहका लागि मोटी केटी पाउनुलाई सौभाग्यको रुपमा लिन्छन् । उनीहरुको चालचलन परम्परा अनुसार मोटी युवतीसगँ विवाह बन्धनमा बाध्यौ भने विवाह पछि सम्पन्नता ल्याउने विस्वास गर्दछन् त्यसैले विवाहका लागी मोटी केटीलाई बदी प्राथमिकता दिन्छन् । र महिला मोटो हुनुले उनीहरु सम्पन्न खानदानमा गनिन्छ ।
यो मान्यताले लोकप्रियता पाएको मार्टेनियामा विवाहका लागि पनि केवल मोटी केटीलाई नै मन पराईन्छ । यसक्रममा महिलालाई १६ हजार क्यालोरी खुवाइन्छ । नमानेमा कुटेर भए पनि खुवाइन्छ । यहाँ महिला जति धेरै मोटी हुन्छन्, त्यति नै सुन्दर मानिन्छ । एघारौं शताब्दिेखि सुरु भएको यो मान्यता अहिले पनि कायम छ । एजेन्सी





