अमनलालको बबाल, कुलमानको शानः ठूलो कुन?



०८ जेष्ठ २०७६, काठमाडौं

कुनै पनि बेला बत्ति झ्याप्पै गयो भने, अझै कत्ति मान्छेको मुखबाट सजिलै फुत्किने शब्द हो, ‘कुलमान गयो’ !

कुलमान घिसिङ, जो अहिलेका नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हुन् ।

जसले आम–उपभोक्ताहरुको वाहवाही पाउँदै आएका छन् ।

गत ०७३ कार्तिक १४ मा कुलमान नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकको ओहोदामा बसिरहँदा नेपालमा १८ देखि २० घण्टासम्म लोडसेलिङ्गमा जीवन चलाईरहँन यहाँका जनता वाध्य थिए ।

तर जब, कुलमान कार्यकारी निर्देशकको भूमिकामा देखिए, त्योसँगैं देश उज्यालो भयो । उनले अठोट लिएका ‘उज्यालो नेपाल’ अभियान सफल बनाए ।

अथवा यसो भनौं, धेरै जनताको जीवनमा उज्यालो छायो, धेरै जनता खुशी लिएर बाँच्न पाए ।

त्यसो त, नेपालकै इतिहासमा विद्युतको क्षेत्रमा कुलमानले उत्कृष्ट काम गरेकै हुन् भन्न हामी सक्छौं ।

जबकी, उनले आर्थिक वर्ष ०७२/०७ मा ३ अर्व ६ करोड ३९ लाखको नोक्सानीमा रहेको प्राधिकरणलाई केही समयमै २ अर्व ४० करोड ७३ लाख रुपैंयाको मुनाफामा ल्याउँन सफल भए भने, ट्रान्सफर्मर तथा विद्युत पोलहरु बनाउँने छुट्टाछुट्टै कम्पनी खोल्नेदेखि संघीय संरचनाअनुसार हुने गरी क्षेत्रीय प्रसारणको कार्यालयको स्थापनासम्म गर्न भ्याए ।

त्यस्तैगरी उत्पादनतर्फ, प्रसारणतर्फ धेरै भन्दा धेरै परिवर्तनहरु आए ।

यो नतिजालाई नियाल्ने हो भने, कुलमान सबैको सर्वेसर्वा नै हुनुपर्ने हो ।

तर, यत्तिबेला कुलमान विवादमा तानिएका छन्, किन तानिए त्यो भने, बुझ्न बाँकी नै छ, छानबिन हुन बाँकी नै छ । सत्य के हो बुझ्न बाँकी नै छ ।

हुन त उनलाई विभिन्न समयमा विविध कारणहरु देखाउँदै उनलाई फरक–फरक फन्दामा पार्न खोजिएको पहिलो पटक भने होईन ।

नेपालमा एउटा चलेको उखान छ, ‘राम्रो मान्छे धेरै टिक्दैन’ !

केही न केही उसमा खोट समाजले नै लगाईदिएको हुन्छ ।

यसो भनिरहँदा फेरि कुलमानलाई देवत्वकरण अनि अमनलाललाई राक्षसीकरण गरेको भने पक्कै होईन ।

यो त केवल नेपाली समाजको एउटा चलिआएको रितलाई व्याख्या गरिएको मात्रै हो ।

यस बारेमा छानबिन त संघीय संसदको लेखा समितिले गर्ने नै भनिरहेको छ ।

मंगलबार मात्रै संसदको सार्वजनिक लेखा समितिको बैठकमा नेकपाका सांसद अमनलाल मोदीले कुलमानमाथि भ्रष्टाचारविरुद्धको गम्भीर आरोप लगाएका छन् ।

यो आरोप आरोपमा मात्रै सीमित हुन्छ अथवा असीमिततालाई नाघेर जान्छ, त्यो छानबिनले नै बताउँने छ ।

अमनलालले भनेका छन्, ‘कुलमानले ९ अर्व बढि भ्रष्टाचार गर्यो ।’

जवाफमा कुलमानले भनेका छन्, ‘भ्रष्टाचार भएको प्रमाणित भए म झुन्डिएर मर्न तयार छु ।’

कुलमान झुन्डिएर मर्लान् अथवा अमनलाल वेफ्वाक सावित तुलिन्छन्, यो हेर्न भने, आम नागरिक पनि तयार नै होलान् ।

सांसद अमनलालले डेडीकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्व भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

त्यहिँ समयमा निर्देशक घिसिङ पनि प्रतिवादमा उत्रिएर आफु सांसद भए भन्दैमा मनपरि नबोल्न सुझाएका थिए ।

“ती उद्योगी तथा व्यापारीहरुलाई पत्राचार गरिसकिएको छ ।” कुलमानले भने ।

अन्त्यमा !

हाम्रालाई होईन, राम्रालाई प्राथमिकता दिनुपर्छ, यो हामी सबैको अकाट्य सिद्धान्त हो ।

यो सिद्धान्तअनुसार यस विषयमाथि पनि छानबिन हुनु आवश्यक छ ।

दोषीलाई सजाय निर्दोषीलाई न्याय–

प्रतिक्रिया दिनुहोस्