उचाई नाप्ने टोली पुग्यो सगरमाथाको चुचुरो



०८ जेष्ठ २०७६, काठमाडौं

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई नाप्ने टोली आज(बुधबार) चुचुरोमा पुग्न सफल भएको छ ।

विभागका उप–सचिव खिमलाल गौतमको नेतृत्वमा शिखरतर्फ लागेको टोली आज विहान ३:१५ बजे चुचुरोमा पुगेको हो ।

टोलीका सदस्य रविन कार्कीसहित क्ल्याम्बिङ्ग गाईड छिरिङजाङ्बु शेर्पालगायतले शिखरमा पुगेर ‘जिएनएनएस जिपिएस सेट’ गर्ने काम सम्पन्न गरेको व्यवस्थापक तथा पीक प्रमोशन प्रालिका निर्देशक आङबाबु शेर्पाले बताए ।

सगरमाथाको उचाई यसअघि विभिन्न अन्तराष्ट्रिय निकायहरुले नाप्दै आएका थिए ।

यद्यपी, यस पटक भने नेपाल आफैले नाप्ने लागेको हो ।

गत ०७२ को भूकम्पबाट उचाईमा ह्रास भएको अड्कलबाजीलाई तोड्न सरकारी टोली सगरमाथातर्फ पठाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्