बार्सिलोनाले बेच्ने ९ खेलाडीहरुको नाम सार्वजनिक(नामावली सहित)



०८ जेष्ठ २०७६, काठमाडौं

च्याम्पियन लिग जित्ने आशा गरिएको क्लब बार्सिलोना सेमिफाईनलमा लिभरपुलसँग पराजित भएको थियो ।

यहिँ कारणले यत्तिबेला बार्सिलोनाले आफ्नो टोलीलाई मजबुद बनाउनका लागि टोलीका सदस्यहरुलाई फेरबदल गर्न खोज्दैछ ।

बार्सिलोनाले यसअघि नै आजाक्सका ‘फ्रन्की डे’लाई अनुबन्ध गरिसकेको छ ।

त्यसैगरी प्रिमियर लिग क्लब एट्लेटिको मड्रिडका स्ट्राईकर एन्टोनी ग्रिजम्यान पनि बार्सिलोनामा आउने पक्का भईसकेको छ ।

यो क्रम चलिरहँदा बार्सिलोनाले आफुले बेच्ने खेलाडीको पनि नाम सार्वजनिक गरेको छ ।

विभिन्न अन्तराष्ट्रिय संचारमाध्यममा प्रकाशित समाचारहरुका अनुसार बार्सिलोनाले २७० मिलियन यूरो मूल्य तोकेको हो ।

जसमा फिलिप्पे काउटिन्हो, सामुएल उमटिटी र इभान रकिटिकको मुल्य सर्वाधिक रहेको बताएको छ ।

बेचिने खेलाडीहरुमा आन्द्रे गोमेज, राफाएल एल्कान्टारा, डेन्जी सुआरेज र कुकुरेल्ला रहेका छन् ।

त्यसैगरी जोस्पर सेलेस्सेन, आर्डा टुरान र सेर्गी पालेन्सीया पनि बार्सिलोनाको बेच्ने खेलाडीहरुको सूचीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्