‘सिके’को पार्टी निर्वाचन आयोगमा दर्ता



०७ जेष्ठ २०७६, काठमाडौं

चन्द्रकान्त राउत (सिके)नेतृत्वको ‘जनमत पार्टी’ सोमबार निर्वाचन आयोगमा वैधानिक रुपमा दर्ता भएको छ ।

खुला राजनीतिमा आएपछि राउतसहित कार्यसमितिका ३५ जनाले गत १५ बैशाखमा आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए ।

पार्टीका नेता चन्दन सिंहका अनुसार सोमबार आयोगले वैधानिक रुपमा पार्टी दर्ता गरेको हो ।

गत फागुन २४ गते सरकारसँग ११ बूँदे सहमति गरेपछि राउत नेतृत्वको समूहले ‘जनमत पार्टी’ नामको दल सञ्चालन गरेको हो ।

यसअघि राउतसहित उनका कार्यकर्ताले स्वतन्त्र मधेस गठबन्धनको नाममा छुट्टै मधेसको माग गर्दै विभिन्न कार्यक्रम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्