प्रयोग भईसकेको कण्डम संसद भवनमा भेटिएपछि भयो हंगामा : रातोपिरो भए सांसदहरू



०७ जेष्ठ २०७६, काठमाडौं

बेलायतको संसद भवनमा प्रयोग भएको कण्डम भेटिएपछि हंगामा भएको छ ।

बेलायती संसदमा प्रयोग गरिएको कण्डम नै फेला परेपछि हंगामा नै मच्चिएको हो  । सन्डे टाइम्सले जनाएअनुसार सांसदहरू संसदमा प्रयोग भएको कन्डम बोकेर आउने गरेको खुल्न आएको छ ।

यो खुलासा उक्त कार्यालयमा सरसफाईको काम गर्ने कामदारहरूले गरेका हुन ।

उनीहरूका अनुसार ब्रिटेन संसदमा सांसदहरूले प्रयोग गरिएको कण्डम बोकेर आउने गरेको पाइएको छ ।

पश्चिमा देशहरूमा यौन सामान्य भएपनि संसद भवनभित्र यस्तो हुनुले देशको इज्जत र प्रतिष्ठामा आँच आएको कतिपय सांसदको तर्क छ । उनीहरूले उक्त घटनाबारे छानविन गरेर दोषीमाथि कारवाही गर्न समेत माग गरेका छन् ।

सफाई कम्पनीको एक कर्मचारीका अनुसार गत वर्ष वेस्टमिनिस्टर सेक्स कान्ड पनि एकदमैं चर्चित कान्ड हो ।

प्रतिक्रिया दिनुहोस्