अबको बजेटपछि देशको विकासको गियर चेञ्च हुन्छः प्रधानमन्त्री ओली



०७ जेष्ठ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षको बजेटपछि देश विकासले आफ्नो गियर चेञ्च गर्ने बताएका छन् ।

धादिङको गल्छीमा सोमबार मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यासको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘आगामी १५ जेष्ठभित्रमा आर्थिक बर्षको बजेट प्रस्तुत हुन्छ । यसले देश विकासको गियर परिवर्तन गर्छ ।’ उनले भने । “देश विकासको गति दुई गियरमा छ भने तीनमा पुर्‍याउँछ । तीनमा छ भने चारमा पुर्‍याउँछ ।”

ओलीले सरकारले विकास,शिक्षा ,स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधार मात्र नमई आमूल परिवर्तन गर्न चाहेको समेत उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्