एमबाप्पेलाई दुई अवार्ड



०७ जेष्ठ २०७६, काठमाडौं

पिएसजीका युवा स्ट्राईकर एमबाप्पेले एकै सिजनमा दुई अवार्ड हात पारेका छन् ।

एमबाप्पेले ‘युनियन नेशनल डी फुटबलर्स प्रोफेशनल अवार्ड’ र युएनएफपीले प्रदान गरेको ‘प्लेयर अफ दि इयर’ अवार्ड जितेका हुन् ।

आफ्नो क्लब पिएसजीलाई फ्रेन्च लिग वानमा यस सिजन च्याम्पियन बनाउन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरे थिए ।

पिएसजीलाई लिग वानको उपाधी दिलाउन मुख्य भूमिका खेलेका एम्बाप्पेले लगातार तेस्रो सिजन बर्ष युवा खेलाडीको अवार्ड जितेका हुन् ।

फ्रेन्च लिगमा सर्वाधिक गोलकर्ता बनेका एमबाप्पेले यस सिजनका २८ खेलमा ३२ गोल गरेका छन् ।

उनले सबैखाले ४२ खेलमा ३८ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्