सावित्रा र अनिता सहभागी टोली सेथु आज एसएसबीविरुद्ध मैदान उत्रँदै



०६ जेष्ठ २०७६, काठमाडौं

भारतमा भईरहेको हिरो वुमन्स लिगमा आज नेपाली खेलाडीद्वय सावित्रा र अनिता सहभागी टोली सेथुले फाईनल खेल खेल्दै छ ।

यसअघि पनि सबै खेलहरु आफ्नो पोल्टामा पारिरहेको सेथुले आज एसएसबी वुमन्स टोलीसँग प्रतिस्पर्धा गर्दै छ ।

खेल गुरु नानक स्टेडियममा साँझ ४:४५ मा हुने छ ।

समूह ‘बी’मा रहेको सेथु समूह विजेता बन्दै सेमिफाईनल पुगेको छ भने, एसएसबी समूह ‘ए’ को उपविजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्